६ माघ, बाँके । पाकिस्तानका स्वतन्त्र पत्रकार तथा ‘यूट्युबर’ शोरेब चौधरी र महिला पत्रकार सना अमजद जस्ता दर्जनौं पत्रकार माथि भइरहेको अत्याचार तथा ज्यादती विरुद्ध मधेश मिडिया मिसन नेपालले सरकार समक्ष ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँके मार्फत नेपालको परराष्ट्रमन्त्रालय र राजदूतावासलाई ज्ञापनपत्र बुझाएको छ । मधेश मिडिया मिसन नेपाल बाँके शाखाका अध्यक्ष चन्द्रेश्वर राज त्रिपाठी, समिति सदस्य लगायतका पत्रकारले प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी गराए ।
सम्पूर्ण विश्व अहिले आतंकवादबाट ग्रसित रहेको समय यस्तो आतंकबादबाट विशेषकर दबे कुचले वर्गका व्यक्ति सधैं पीडित बन्दै आएका अध्यक्ष त्रिपाठीले बताए । यस्ता वर्गलाई न्याय दिलाउन विगत दिनदेखि स्वतन्त्र प्रेस जगत अहम भूमिका निर्वाह गर्दै आईरहेको समय पाकिस्तानका स्वतन्त्र पत्रकार तथा ‘यूट्युबर’ शोरेब चौधरी र अर्का महिला पत्रकार सना अमजद जस्ता दर्जनौं व्यक्तिहरु त्यहाँ कार्य गर्दै आएका त्रिपाठीले बताए ।
करीब १५ दिन अगाडि पाकिस्तानकी महिला पत्रकार आरजु काजमीले सत्तामा रहेकाहरुको आलोचनात्मक ढंगले रिपोर्टिङ्ग गर्दा पाकिस्तान शासनले उनलाई डर, धाक, धम्की दिई लाहौरमा आएर स्पष्टीकरण दिने र समयमा स्पष्टीकरण दिन नआए घरबाट उठाउने धम्की दिँदै मानसिक प्रताडना दिने समाचार सार्वजनिक भएको थियो । यस बीच करीब १५ दिन अघि पत्रकार शोऐब चौधरी, सना अमजद र सायला खान, निमरा अहमदलाई बेपत्ता पारिएको यस मध्ये दुब जना पत्रकारलाई फाँसीको सजाय दिएको समाचार समेत बाहिरिएकोले ज्ञापनपत्र बुझाउन पुगेका उपस्थित पत्रकारहरु अत्यन्त नै मर्माहत बन्न पुगेका बताए ।
यस बीच त्यहा करीब १२ जना अन्य पत्रकारहरुलाई समेत बेपता पारी बन्धक बनाएर राखिएको समाचार समेत आईरहेको विषयमा मधेश मिडियाले जनाएको छ । बेपता र पक्राउ पारिएका सबै पत्रकारहरुको शीर्घ रिहाईको लागि माग गर्दै घटनाको सत्य तथ्य बाहिर ल्याउन पाकिस्तान सरकार संग मधेश मिडिया मिसनले जोडदार माग गरेको छ ।
नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, आजको सामना एवं अग्रज पत्रकार अजय गुप्ता, सगरमाथा टेलिभिजन नेपालगञ्जका संवादाता मधु पौडेल, नाईल खबरका प्रकाशक अजय पाठक लगायतका पत्रकारहरुको उपस्थितिमा त्रिभुवन चोकबाट शुरु भएको विरोध र्याली जिल्ला प्रशासन कार्यालयमा विसर्जन भएको थियो ।





