कपिलवस्तुको वाणगंगामा मोटरसाइकल दुर्घटनामा परेर २ जनाको मृत्यु

Picture of Mero Hosting

Mero Hosting

३ पुष, कपिलवस्तु । कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गएराति दुईवटा मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घना लगत्तै उपचारका लागि अस्पताल लगिएको थियो । उपचार कै क्रममा ३५ वर्षीय नेहामन अली र वर्ष २७ वर्षीय रोमन थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । घाइते अजय थारुको उपचार भइरहेको छ ।

डिएसपी मोहनमणि अधिकारीका अनुसार यूपी ५५ ए एच ७०९० र लु १० प ४४९६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार