बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी

Picture of Mero Hosting

Mero Hosting

२९ पुष, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी अनुसार विभिन्न किसिमका बिरामीको रिफरका लागि मापदण्ड भए पनि समग्र अस्पतालको रेफरल प्रणालीलाई समेट्ने गरी एकीकृत निर्देशिका जारी गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलका अनुसार आकस्मिक तथा भर्ना भएका बिरामीको उपचार सम्भव नभएमा जीवनरक्षाका लागि तत्काल नजिकको अर्को विकल्पमा सुरक्षित रुपमा पठाउने व्यवस्था सुनिश्चित गर्न बिरामी प्रेषण (रेफरल) निर्देशिका जारी गरेको बताएका छन ।

उनले बिरामीको जीवनरक्षा गर्ने उद्देश्यले पूर्व घोषणा गरेअनुरुप जारी गरिएको निर्देशिकाले अब बिरामी एक अस्पतालबाट अर्कोमा नपुग्दासम्म प्रेषण गर्ने स्वास्थ्य संस्थालाई थप जिम्मेवार बनाउने प्रयास गरेको बताए ।

एक स्थानमा भएको परीक्षण थप दोहोरिन नपर्ने तथा आवश्यकता अनुसारका तहगत रुपमा उपचार सुनिश्चित गर्ने यस व्यवस्थाले अस्पतालहरुमा देखिएको चाप व्यवस्थापन र बिरामीको उपचार सहज र थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

निर्देशिकामा प्रत्येक अस्पताल, स्थानीय तह, प्रदेश र राष्ट्रियस्तरमा रेफरल एकाइ अनिवार्य हुने गरी व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार