राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्न राष्ट्र बैंकको निर्देशन

Picture of Mero Hosting

Mero Hosting

२८ पुष, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना मार्फत पुनः आग्रह गरेको हो । यसअघि नै एकीकृत निर्देशन मार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो ।

राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।

विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बरको जानकारी लिएर बैंक खाता खोली ग्राहकलाई सहजीकरण गर्न सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकिएको केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार