पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा पुल भाँचिएपछि वैकल्पिक बाटो प्रयोग

Picture of Mero Hosting

Mero Hosting

२६ पुष, नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी स्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि वैकल्पिक बाटो प्रयोग गराउन थालिएको छ ।
पुल भाँचिदा मुख्य राजमार्ग नै अवरुद्ध भएपछि पूर्वपश्चिम राजमार्गमा हिंड्ने सयौं यातायातका साधनमा सर्वसाधारण अलपत्र परेका छन ।

प्रशासनको सहयोगमा दुई वटा वैकल्पिक बाटो प्रयोग गराउन थालिएको छ ।

विजयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेबाट भित्री बाटो त्रिवेणी चोक हुँदै गुम्बाचोकबाट राजमार्गमा निस्कने एउटा रुट प्रयोग भएको छ । यो रुट करिब ५ किलोमिटर लामो पर्न जान्छ ।

यस्तै, ठूला सवारी साधन ज्यामिरे पेट्रोलपम्प हुँदै सिजीचोक, डाँडाचौर, होङ्सि गेटमा पुग्ने अर्को बाटो प्रयोग गरिएको छ । यो बाटो १८ किलोमिटर लामो पर्नजान्छ ।

लरीबाहेक सबै साधनलाई वैकल्पिक बाटोबाट हिंड्ने व्यवस्था मिलाइएको छ । शुक्रबार साँझ साढे ५ बजेको समयमा एन एल ०१ ए एच ५१७९ नम्बरको भारतीय हेवी ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएका हो ।

 

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार