त्रिविले आज ५० औं दीक्षान्त समारोह मनाउँदै

Picture of Mero Hosting

Mero Hosting

१३ पुष, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आज ५० औं दीक्षान्त समारोह मनाउँदैछ । त्रिविले आयोजना गर्ने ५०औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार पत्रकार सम्मेलन मार्फत जनाएको हो ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने दीक्षान्त समारोहमा यस पटक १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित हुँदैछन् । गएको वर्षभन्दा यस पटक दुई हजार जनाभन्दा धेरै विद्यार्थी दीक्षित हुन लागेका त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी गराए ।

स्नातक तर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित हुँदैछन् ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार