कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन निर्देशन

Picture of Mero Hosting

Mero Hosting

१३ पुष, बाँके । कक्षा ११ र १२ का विद्यार्थीको विवरण पठाउन देशभरका पालिकाका शिक्षा शाखालाई शिक्षा तथा मानवस्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।

एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विद्यार्थीको विवरण अद्यावधिक गराउन केन्द्रले यस्तो निर्देशन दिएको हो । केन्द्रले देशभरका सात सय ५३ वटै पालिकालाई पत्राचार गरेको छ ।

यही पुस २२ गतेभित्र कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीको विवरण अनलाइन मार्फत् अद्यावधिक गराउन निर्देशन दिएको हो ।

केन्द्रले वैकल्पिक शिक्षा प्रणालिबाट भर्ना हुन आएका विद्यार्थी, बिचमा विद्यालय छोडेर पुनः भर्ना हुन आएका विद्यार्थी, विगत वर्षमा प्रणालीमा विवरण अभिलिखित नभएका विद्यार्थी, विदेशी नागरिकका बालबालिका विद्यार्थीहरूको विवरणसमेत समावेशगरी अद्यावधिक गराउदै विवरण पेश गर्न केन्द्रले सबै पालिकालाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार