सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

Picture of Mero Hosting

Mero Hosting

३० साउन, कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । आज दिउँसो ३ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन् ।

गत असार २० गते कांग्रेस र एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री भएका शाह नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सहभागी छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार