२७ बैशाख, काठमाडौँ । सरकारले प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले दुवैलाई एआईजीमा बढुवा गरी पदस्थापन गर्ने निणर्य गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी गराइन ।
ढकाल अहिले प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा रहेर केन्द्रीय प्रहरी प्रवक्ता र जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशकका रुपमा काम गरिरहेका छन् ।





