सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित, एमालेको अडान कायमै

Picture of Mero Hosting

Mero Hosting

२२ बैशाख, कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । शनिबार बेलुका साढे ५ बजेका लागि बोलाइएको प्रदेश सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिव देवबहादुर बोगटीले बताएका छन ।

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको हो । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने कार्यसूची रहेकोमा सोही अनुसार आह्वान भएको बैठक स्थगित भएको हो ।

एमालेले विश्वासको मत नदिने भनेपछि शुक्रबार लागि आह्वान भएको बैठक स्थगित गरी आजका लागि सारिएको थियो । तर आज पनि एमालेले कुनै टुङ्गो नदिएपछि बैठक स्थगित भएको हो ।

५३ जना प्रदेशसभा रहेको सुदूरपश्चिममा चार सिट भएको एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्री पाएको छ । एमालेको साथ बिना विश्वासको मत नपाउने निश्चित भएपछि प्रदेश सभा बैठक स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार