बागमती प्रदेश मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने

Picture of Mero Hosting

Mero Hosting

१६ चैत्र, बागमती । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् ।

शुक्रबार विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो ।

फाल्गुन २३ गते नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत्र २२ गते भित्र विश्वासको मत लिनुपर्ने भएकाले त्यसअघि सपथ लिने तयारी गरेको हो ।

११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत आवश्यक रहेको छ । बिहीबार नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी बीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत पाउने देखिएको छ ।
बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार