५ फाल्गुन, काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराउदैँ सानदार जित निकालेको छ ।
नेदरल्यान्ड्सले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य नेपालले १५ ओभर २ बलमा मात्र १ विकेट गुमाएर भेटायो ।
नेपालका आसिफ शेख र अनिल शाहले अर्धशतक बनाए । आसिफ ५४ र अनिल ५७ रनमा नट आउट रहे । यस्तै कुशल भुर्तेल २८ रन बनाएर आउट भएका हुन ।





