२८ माघ, काठमाडौँ । मलेसियाको बायोमास ओभलमा आज भएको एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार सानदार दोस्रो जित हासिल गरेको छ ।
उक्त खेलमा भुटानलाई ८ विकेटले प्राजित गराउदै नेपालले दोस्रो जित निकालेको हो । भुटानले जितका लागि दिएको ६६ रनको लक्ष्य नेपालले ११ ओभर ५ बलमा दुई विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका लागि सीता रानामगरले ३२, रुबिना क्षेत्रीले १७ रन बनाकी हुन । त्यसअघि कविता कुँवर ५ र इन्दु वर्मा १ रनमा आउट भएकी थिइन ।
भुटानकी अन्जु गुरुङ र अन्जुली घलेले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ पाएको भुटानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ६५ रन बनाएको थियो ।
नेपालकी कविता कुँवर, सीता रानामगर, कविता जोशी र कप्तान इन्दु बर्माले एक–एक विकेट लिए ।
नेपालले अब समूह चरणको अन्तिम खेल मंगलबार माल्दिभ्स सँग खेल्नेछ ।





