नेपालगञ्ज उद्योग वाण्ज्यि संघको आसन्न भदौ २ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस निकट साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समुह तर्फबाट सदस्य पदका दावेदर हुन पदम श्रेष्ठ । निडर, प्रष्टवक्ता, व्यवसायिक समस्या सम्बन्धि निकायमा राख्न सक्ने क्षमता भएका व्यवसायिक नेता पनि हुन ।
नेपालगञ्जमा विगत २० वर्ष देखि उनी व्याग व्यवसायमा आवद्ध रहेका छन । उनी २०३३ साल भाद्र २३ गते पर्वत जिल्लाको फलेवास नगरपालिकामा जन्मिएका थिए । श्रीमती ईन्दिरा श्रेष्ठ सहित चार जना परिवार छन । उनको एक छोरा र छारी रहेका छन । छोरी सिए अध्ययनरत रहेकी छन भने छोरा कक्षा १० मा अध्ययनरत रहेका छन ।
न्यु पर्वत व्याग सप्लायर्स संचालक समेत रहेका सदस्य उम्मेद्वार श्रेष्ठ होलसेल विक्रेता हुन ।
बुबा भागिरथ श्रेष्ठ र आमा स्वः लिला कुमारी श्रेष्ठको कोखबाट जन्मिएका उनी विगत १५ वर्ष देखि विभिन्न सामाजिक संघसंस्था आवद्ध रहेका छन ।
उनी विगत १५ वर्ष देखि विभिन्न सामाजिक संघसंस्थामा रही हाल लायन्स क्लव अफ नेपालगञ्ज सिर्नजको बर्तमान अध्यक्ष हुन ।
रेडिमेड तथा व्याग व्यवसायिक समिति नेपालगञ्जको संस्थापक सदस्य हुँदै महासचिव सम्मको यात्रा तय गरिसकेका छन भने उनी सामाजिक कार्यमा सक्रियता देखाउदै सामुदायिक प्रहरी सेवा केन्द्रको आजिवन सदस्यता पनि लिईसकेका छन ।
यस्तै, नेपाल क्षयरोग निवारण संघको आजिवन सदस्य तथा भानुभक्त चोक संरक्षण समिति सदस्य पनि हुन । उनी प्रजातान्त्रिक व्यवसायी संघको नगर कोषाध्यक्ष समेत हुन ।
नेवा.देय.दबु लुम्बिनी प्रदेशको सदस्य तथा नेवा.देय.दबु बाँकेको बरिष्ठ उपाध्यक्ष पनि रहेका छन ।
उनी व्यवसायी सिलसिलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय देशहरुमा भ्रमण गरी सकेका छन । उनी छिमेकी देश भारत र दुवईमा भ्रमण गरीसकेका छन ।





