समाचार पुग्छ – गजल

Picture of Mero Hosting

Mero Hosting

  • सरकार कहिले नपुग्ने ठाँउमा समाचार पुग्छ,
    राजधानीमा हिमाल पारीको अखबार पुग्छ ।
  • यहाँ भ्रष्टचारी मिलेर उठिबास ल्याउँछन,
    गरिब उजुरी बोकेर अख्तियार पुग्छ ।
  • मैले प्रदेश पुग्ने बित्तिकै टोपी फुकाले,
    खाडीमा बहादुर पुग्दैन बेरोजगार पुग्छ ।
  • मलाई घरबाट विद्रोहको सुरुवात गर्नुछ,
    जब रीतिरिवाज लिएर कुसंस्कार पुग्छ ।
  • म झ्याल भए पनि सिंहदरबार विरुद्ध बोल्छु,
    या जिब्रो काटिन्छ या खबरदार पुग्छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार