म मरेको दिन तिमी हाँस्छौ कि रुन्छौं प्रिय ? – गजल

Picture of Mero Hosting

Mero Hosting

  • म मरेको दिन तिमी हाँस्छौ कि रुन्छौं प्रिय,
    खुचिङ पो भन्छौ कि, त्यसै मुच्र्छा हुन्छौं प्रिय ?
  • सँगै हुँदा रिस गर्छौ, भित्र माया छ कि कतै,
    खस्न खोज्ने आँसुलाई, खसाल्छौं कि थुन्छांै प्रिय ?
  • सोच्दा सोच्दा मन घुम्छ, के के सोच्छु मनभित्र,
    देखेपछि मेरो लाशलाई, तर्कन्छौ कि छुन्छौ प्रिय ?
  • रुन्छन होला परिवारका, वियोगमा डाँको छोडी,
    गाह्रो होला हाँस्नलाई, कि पिरव्यथा फुन्छौ प्रिय ?
  • कुरा होलान गुन बैगुनका, अनि मेरो बारे,
    चुन्न परे गुन र बैगुन, तिमी कुन चुन्छौ प्रिय ?
  • मर्ने जान्छन मरिकन बाँच्नेलाई दुःख हुन्छ,
    मनको माया समाल्छौ कि अर्को घर बुन्छौ प्रिय ?
  • मैलो हुन्छ अरे मन मरेकालाई देखेपछि,
    के के गर्छौ शुद्ध हुन, कि जिउ धुन्छौ प्रिय ?
  • सजिलो छ भन्नलाई भोग्न गाह्रो पर्छ नि त,
    मान्छे पिच्छे फरक अर्ति कस्का कुरा सुन्छौ प्रिय ?

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार