५ माघ, बर्दिया । सम्मानित जिल्ला अदालत बर्दियाबाट सजाय पाएका एक फरार प्रतिवादी पक्राउ परेका छन ।
अदालतको असार २९ गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा सात बर्ष ११ महिना पाँच दिन कैद र एक लाख जरिवाना सजाय तोकिएका राजापुर नगरपालिका ४ का रईस अहमद सिद्धिकीलाई सात महिना पछि पक्राउ परेका छन ।
उनलाई जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले आज घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्र.स.ह. हरि नारायण ओलीले जानकारी दिए ।
उनलाई पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएकोमा अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय बर्दियामा पठाईएको प्रहरीले जनाएको हो ।





