५ महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स, श्रम स्वीकृति लिनेको संख्या एक लाख बढी

Picture of Mero Hosting

Mero Hosting

२६ पुष, काठमाडौँ । चालू आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० करोड अर्ब ४३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो ।

यस्तै, मंसिर सम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ३५ हजार ४२५ रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार