५ केजी ७ सय ग्राम सुन सहित ३ जना पक्राउ

Picture of Mero Hosting

Mero Hosting

२१ कात्तिक, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ केजी ७ सय ग्राम सुन सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एयर अरेबियाको विमानबाट युएईको शारजाह हदैँ काठमाडौं आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई पक्राउ गरेको हो ।

उनीहरुलाई मङ्गलबार साँझ पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार