१७ वर्षको प्रतीक्षा पछि भारतले जित्याे अर्को टी–२० विश्वकप

Picture of Mero Hosting

Mero Hosting

१६ असार, काठमाडौँ । आइसिसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी-२० विश्वकपको उपाधि जितेको हो ।

एक सय ७७ रनको लक्ष्य दिएको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर एक सय ६९ रन बनाउँदा भारत ७ रनले विजयी भएको हो ।

अर्को टी-२० क्रिकेट विश्वकप जित्नका लागि भारतले १७ वर्ष कुर्नुपरेको छ । सन् २००७ मा पहिलो पटक टी-२० विश्वकपको आयोजना भएको थियो । त्यसको उपाधि भारतले जितेको थियो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार