सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने तयारी

Picture of Mero Hosting

Mero Hosting

२१ फाल्गुन, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी रहेको छ । आज दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई गएको माघ २६ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ । अहिले कांग्रेसका १९ जना सांसद छन् । उनलाई समर्थन गरेको नेकपा एकीकृत समाजवादीका चार सांसद छन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ४ अनुसार नियुक्त भएको ३० दिनभत्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार