सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा दरखास्त आह्वान

Picture of Mero Hosting

Mero Hosting

१ मंसिर, काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा दरखास्त आह्वान भएको छ ।

नियुक्तिका लागि नाम सिफारिस गर्न गठन गरिएको समितिले शनिबार एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

सार्वजनिक सेवा प्रसारण ऐन बमोजिम सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले कार्यविधिअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त दिन सक्ने समितिले जनाएको छ ।

सूचना मार्फत मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीणर् गरी पत्रकारिता, मानविकी, व्यवस्थापन, बजार व्यवस्थापन वा सूचना प्रविधि वा प्रसारण सम्बन्धी इन्जिनियरिङ क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव भएकाले सात दिन भित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दरखास्त दिन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार