६ चैत्र, बाँके । सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको मङ्गलबार एक समारोहका बीच औपचारिक उद्घाटन गरिएकोछ ।
लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी ‘नमूना’ले महोत्सवको औपचारिक उद्धाटन गर्नु भएको हो । महोत्सव उद्घाटनअघि सेतु विक चोकबाट निस्किएको विभिन्न बाजागाजा तथा लोकसंस्कृति झल्किे झाँकीसहितको र्यालीले नगर परिक्रमा गरि वाटरपार्कमा पुगेको थियो ।
आर्थिक गतिविधिलाई चलायमान गर्ने उद्देश्यका साथ नेपालगन्जको वाटरपार्कमा उक्त महोत्सव आयोजना गरिएको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेकी अध्यक्ष मधु खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा महासङ्घ नेपालगन्ज नगरसमितिकी अध्यक्ष अध्यक्ष दिला शाहले स्वागत मन्तब्य राख्नुभएको थियो ।
महासङ्घ बाँकेका महासचिव जीआर भुसालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि एवम लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी ‘नमूना’, लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान उपमेयर उमा थापामगर, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीयअध्यक्ष उमेशप्रकाश सिंह लगायतले आर्थिक गतिविधि चलयमान गराउन यस्ता खाले महोत्सव कोषेढुङ्गा सावित हुने बताउँदै स्थानीय उत्पादन र पर्यटनको प्रर्वद्धनसंगै बजारीकरणमा उल्लेख्य सहयोग पुग्ने महोत्सवलाई सफलताको शुभकामना दिए ।
महासङ्घ बाँकेका महासचिव जीआर भुसालले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न संघसस्था, उद्योग, व्यवसायीहरुको सहभागिता रहेको थियो ।
महासंघ, बाँकेका अध्यक्ष मधुकुमारी खड्काका अनुसार महोत्सवमा १७५ स्टल बुक भइसकेका छन् । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेका छन् । महोत्सव अवलोकनका लागि टिकटको मूल्य रु १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।





