साउदीबाट आएका थप एक जनामा मंकीपक्स सङ्क्रमण पुष्टि

Picture of Mero Hosting

Mero Hosting

१५ पुष, काठमाडौँ । साउदी अरेबियाबाट आएका ४४ वर्षीय एक नेपाली पुरुषमा मंकीपक्स पुष्टि भएको छ ।

थप एक नेपालीमा मंकीपक्स सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । परिक्षणको क्रममा उनमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो । ती व्यक्ति समेत साउदी अरेबियाबाटै फर्किएका थिए ।

यसअघि नेपालमा पहिलो पटक विदेशी नागरिकमा २०८० असार १ गते मङ्किपक्स सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार