सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

Picture of Mero Hosting

Mero Hosting

१३ पुष, काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ ।

हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको पारिवारिक एवं अस्पताल स्रोतले जनाएको छ । हृदयघातपछि उनलाई थापाथली स्थित नर्भीक अस्पतालमा लगिएको थियो ।

उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए । २२ भदौ २०६५ मा नियुक्त भएका उनी पदावधि नथपिएपछि २९ चैत, २०७० मा अस्थाथी न्यायाधीशबाटै अवकाश भएका थिए ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार