- सरकार कहिले नपुग्ने ठाँउमा समाचार पुग्छ,
राजधानीमा हिमाल पारीको अखबार पुग्छ । - यहाँ भ्रष्टचारी मिलेर उठिबास ल्याउँछन,
गरिब उजुरी बोकेर अख्तियार पुग्छ । - मैले प्रदेश पुग्ने बित्तिकै टोपी फुकाले,
खाडीमा बहादुर पुग्दैन बेरोजगार पुग्छ । - मलाई घरबाट विद्रोहको सुरुवात गर्नुछ,
जब रीतिरिवाज लिएर कुसंस्कार पुग्छ । - म झ्याल भए पनि सिंहदरबार विरुद्ध बोल्छु,
या जिब्रो काटिन्छ या खबरदार पुग्छ ।





