सधैँ एउटै कुराले मुटुमा हान्छ – गजल

Picture of Mero Hosting

Mero Hosting

सधैँ एउटै कुराले मुटुमा हान्छ,
भोकै छ कि ? छोराले खान्छ, आमाले भन्नु हुन्छ !

जुन खाडीले मेरो रंगीन दुनियाँ सादा बनाइ दियो,
आज त्यही खाडी छोरा जान्छ, आमाले भन्नु हुन्छ !

न त छ आमाको ममता न त छ बा को चोखो प्यार,
खै कुन मायाले परदेशले तान्छ, आमाले भन्नु हुन्छ !

छोराको बाटो कुरिरहेकी बुढी आमाको माया भुली,
दैवले पनि बीच बाटोबाटै लान्छ, आमाले भन्नु हुन्छ !

यो चाड पर्व गरिबलाई कहिल्यै नआइदिए हुन्थ्यो,
घरमा न नुन तेल, चामल न धान छ, आमाले भन्नु हुन्छ !

लेखक : प्रकाश पाठक ‘योगी’
भरतपुर २३, जगतपुर, चितवन, नेपाल
हाल : दोहा कतार

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार