संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

Picture of Mero Hosting

Mero Hosting

१६ जेठ, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बिहान ८ बजे बस्ने भएको छ । संघीय संसद् सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्न लागेको हो ।

बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनाले पनि उपस्थित हुनेछन् । अघिल्लो संसद् अधिवेशनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन ।

गत सोमबार सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भए पनि एक साता भित्र टुंग्याउन दलहरूलाई निर्देशन दिइसकेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार