लेखक तथा पत्रकार श्रीधर खनाल ‘दीर्घबाहु’को निधन

Picture of Mero Hosting

Mero Hosting

३ माघ, काठमाडौँ । लेखक तथा पत्रकार श्रीधर खनाल ‘दीर्घबाहु’को ९४ वर्षको उमेरमा निधन भएको छ । उनको आज विहान पौने ३ बजेको समयमा निधन भएको परिवारले जनाएको छ ।

दीर्घबाहु नेपालको पहिलो जासुसी उपन्यास लेखक हुन् । नेपाल आँखा अस्पतालका आजीवन संस्थापक सदस्य रहेका उनी दुई पटक त्रिभुवन विश्वविद्यालयको प्राज्ञसभा सदस्य भएका थिए।

उनको २०२२ सालमामा प्रकाशित ‘शब्दभेदी लडाइँ’ उपन्पयास पछि उनले लेखेका इन्सपेक्टर खरेल सिरिजमा ‘मुर्कट्टा लास’, ‘छ औंले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ तथा डिटेक्टिभ कमलराज रुपाखेती सिरिजमा ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र’, ‘बाह्र बजेको घण्टी’, ‘भेनसका हिप्पीहरु’ र ‘नाङ्एिकी सुन्दरी’ लगायत जासुसी उपन्यासहरु त्यति बेला निकै लोकप्रिय थिए ।

त्यसबाहेक ‘हङकङको व्यापारी’ ‘हेलम्बुकी अप्सरा’ र ‘गुलाफी पिन’, ‘बज्रजोगिनीको खजाना’ पनि प्रकाशित भएका थिए ।

दीर्घबाहुको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार