लुम्बिनी सरकारको बजेट ३८ अर्ब ९७ करोड, आकार घट्यो

Picture of Mero Hosting

Mero Hosting

२ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशले शनिवार झन्डै ३९ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट प्रदेश सभामा शनिवार प्रस्तुत गरेका हुन ।

संवैधानिक प्रावधानअनुसार असार १ गते प्रदेश सरकारको बजेट पेश गर्नुपर्ने हुन्छ । बजेट चालु आर्थिक वर्षको भन्दा १ अर्ब ५० करोड ९७ लाख घटेर आएको छ । चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार