लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो एमाले

Picture of Mero Hosting

Mero Hosting

२१ असार, बाँके । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । बिहिबार लुम्बिनी प्रदेश सरकारमा एमालेका पाँच मन्त्रीले राजीनामा दिएका छन ।

लुम्बिनीमा एमालेबाट आर्थिक मामिलामा आचार्य सहित आन्तरिक मामिला तथा कानुनमन्त्रीमा दिनेश पन्थी, सहरी विकास तथा खानेपानीमन्त्रीमा भूमिश्वर ढकाल, सामाजिक विकासमन्त्रीमा रत्न खत्री र वन तथा वातावरण मन्त्रीमा अर्जुनकुमार केसीले राजीनामा दिएका हुन ।

एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ताको जानकारी प्रदेशसभाका सभामुख तुलाराम घर्तीलाई बुझाइएको र मन्त्रीको राजीनामा मुख्यमन्त्री जोखबहादुर महराको सरकारी निवासमै पुगेर बुझाएका हुन् ।

समर्थन फिर्ता लिएपछि माओवादीका मुख्यमन्त्री महरा नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

गत चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका महरालाई एमालेका २९, माओवादीका १०, जसपाका ३, नागरिक उन्मुक्तिका ४, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र गरी ४८ जनाको समर्थन थियो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार