लुम्बिनी प्रदेश निजामती सेवा ऐन सम्बन्धी विधेयक प्रमाणीकरण

Picture of Mero Hosting

Mero Hosting

२९ पुष, काठमाडौँ । लुम्बिनी प्रदेशको प्रदेश निजामती सेवा ऐन २०८० प्रमाणीकरण भएको छ । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले निजामती कर्मचारी सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।

घर्तीले आइतबार प्रदेश सभाको पाँचौँ अधिवेशनको दोस्रो बैठकले सर्वसम्मत पारित गरेका प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

उक्त विधेयक पुस १७ गते प्रदेश सभाबाट दोस्रो पटक हुबहुँ पारित भएको थियो । नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले जानकारी दिए ।

चौथो अधिवेसनबाट प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक प्रदेश प्रमुख समक्ष पठाइएको थियो । तर, प्रदेश प्रमुखले त्यो विधेयकलाई प्रमाणीकरण नगरेर सन्देश सहित प्रदेश सभामा फिर्ता पठाएका थिए ।

प्रदेश सभाले पुनः विधेयकलाई पारित गरेरअघि बढाएपछि प्रदेश प्रमुखले प्रमाणीकरण गरेका हुन् ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार