लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशन फागुन १८ गतेदेखि सुरु हुने

Picture of Mero Hosting

Mero Hosting

९ फाल्गुन, बाँके । लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनका पहिलो बैठक फागुन १८ गतेदेखि सुरु हुने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम दोस्रो लुम्बिनीसभाको तेस्रो हिउँदे अधिवेशन फागुन १८ गते दिउँसो ३ बजे आह्वान गरेपछि प्रदेशसभाको बैठक बस्न लागेको हो ।

प्रदेशसचिव दुर्लभ कुमार पुनले प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम १ बमोजिम प्रदेशसभा सदस्यहरूका लागि जानकारीमूलक सूचना प्रकाशन गरिएको बताए ।

उनले अधिवेशन आह्वानसम्बन्धी सूचना प्रकाशित गरेर सदस्यहरूलाई जानकारी गराएका छन ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार