राष्ट्रिय किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाई ३ लाख घुस सहित पक्राउ

Picture of Mero Hosting

Mero Hosting

१५ पुष, काठमाडौँ । काठमाडौँको छाउनी मार्ग तहाचल स्थित राष्ट्रिय किताबखानामा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाई पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार ३ लाख रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको हो ।

पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राही सँग घुस मागेको उजुरी निवेदनका आधारमा उनलाई टङ्गालबाट खटिएको अख्तियार टोलीले नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरे अनुसार अधिकृत प्रसाईले सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।

उनलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले जानकारी गराए ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार