राप्तीसोनारीबाट जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ, ३ लाख ९१ हजार रुपैँया बरामद

Picture of Mero Hosting

Mero Hosting

६ कात्तिक, बाँके । बाँकेको राप्तीसोनारीबाट जुवातास खेलिरहेको अवस्थामा २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राप्तिसोनारी गाउँपालिका-६ लक्ष्मिराजपुरबाट जुवातास खेलिरहेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका-६ बस्ने ४१ वर्षीय मेघनाथ कुचबन्दिया समेत २० जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९१ हजार रूपैयाँ र १४ बुक सहित पक्राउ गरेको हो ।

उनीहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार