राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार नै परिवर्तन गर्न खोजियोः शिक्षामन्त्री श्रेष्ठ

Picture of Mero Hosting

Mero Hosting

२० असार, काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार नै परिवर्तन गर्न खोजिएको आरोप अगाएकी छन ।

आज साँझ सामाजिक सञ्जाल मार्फत नेकपा एमालेका अध्यक्ष केपी ओलीको नाम उल्लेख गर्दै मन्त्री श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्दा सरकार नै परिवर्तन गर्न खोजेको आरोप लगाएकी हुन् ।

उनले लेखेकी छन्, ‘आदरणीय केपि बा ! शिक्षकले राम्रो नपढाँउदा एसईईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ। अनि राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भनेर मैले फाइल अगाडि बढाँउदा सरकारनै परिवर्तन गर्न खोज्ने। तपाइँको शिक्षकले तपाइँकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब ।’

https://www.facebook.com/share/p/xiAiDj9FXwv9TZiQ/

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार