रवि लामिछाने फेरि प्रहरी हिरासतमा

Picture of Mero Hosting

Mero Hosting

२८ पुष, काठमाडौँ । काठमाडौँको कलंकी स्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त रवि लामिछाने पुनः प्रहरी हिरासतमा बस्ने भएका छन् ।

आइतबार काठमाडौँ जिल्ला अदालतमा बयान सकिएर थुनछेक बहस शुरू नभएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश भएको हो ।

रविको बयान समयमै सकिए पनि सरकारी वकिलले बयान अध्ययनका लागि भन्दै समय मागेपछि आइतबार थुनछेक बहस शुरू भएन ।

त्यसपछि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेर न्यायाधीश माधवप्रसाद अधिकारी नेतृत्वको इजलास अन्य मुद्दामा अगाडि बढेको छ ।

थुनछेक बहस अघि नबढेपछि न्यायाधीश अधिकारीकै आदेशमा उनलाई हिरासतमा पठाइएको हो ।

अब सोमबार यही इजलासमा थुनछेक बहस हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार