म बाँच्ने सबैले आश मारे पछि नरुनु है – गजल

Picture of Mero Hosting

Mero Hosting

म बाँच्ने सबैले आश मारे पछि नरुनु है

  • म बाँच्ने सबैले आश मारे पछि नरुनु है
    सेतो कफन बेरि मठमा सारे पछि नरुनु है
  • म भन्दिन तिमी खुसीयालीको भोज गर
    मेरो लास मसानघाट झारे पछि नरुनु है
  • जलाई चिता मेरो अस्तु बगाइ फर्किदा
    आउने बाटो काँडाले बारे पछि नरुनु है
  • मैले होईन दैबले नै धोका दियो म के गरु
    म गएर तिमी एक्लो पारे पछि नरुनु है
  • सँगै जिउने मर्ने कसम बेकार भयो सानु
    बाध्य छु म मृत्यु सँग हारे पछि नरुनु है

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार