‘मिस्टर काठमाडौँ’का विजेता प्रकाश राईको निधन

Picture of Mero Hosting

Mero Hosting

२ असोज, काठमाडौँ । मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका प्रकाश राईको निधन भएको छ ।

उपचारका लागि आज बिहान राईलाई धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्‍याएकोमा डाक्टरहरूले मृत घोषणा गरेका हुन् । बिहान ६ बजेतिर राई होटलमै ढलेपछि अस्पताल लगिएको थियो ।

४५ वर्षीया राई होटलमा तातो पानी तताउँदै गर्दा एक्कासी भूइँमा लडेका थिए । राईको मृत्युका कारण डाक्टरहरूले औपचारिक रूपमा बताएका छैनन् ।

गत शनिवार दशरथ रङ्गशालामा रहेको कभर्ड हलमा भएको पाँचौँ खुला मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता राईले जित हासिल गरेका थिए ।

 

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार