मानव सेवा आश्रममा सरसफाई तथा फलफुल वितरण

Picture of Mero Hosting

Mero Hosting

१० फाल्गुन, बिराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले बिराटनगर महानगरपालिका–१० स्थितमा रहेको मानव सेवा आश्रममा आश्रीत महानुभावहरुको व्यक्तिगत सरसफाई तथा फलफुल बितरण गरेको छ ।

कोशी प्रदेश प्रहरी कल्याण कोषको लगानी तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजना र भुमिका सिप मुलक तालिम केन्द्र दमकको प्राबिधिक सहयोगमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा संचालनमा रहेको सौन्दर्यकला तालिममा सहभागी प्रशिक्षार्थीहरु तथा संघका पदाधिकारीहरुद्धारा आश्रममा आश्रीत ७० जना वृद्धाहरुको कपाल, नङ काट्नुका साथै शरिरको सरसफाई गरी फलफुल तथा बिस्कुट समेत वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी तथा सौन्दर्यकला तालिमका प्रशिक्षकहरु समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार