महेन्द्रनगरमा व्यापारीलाई धम्क्याएर फिरौती माग्ने २ जना पक्राउ

Picture of Mero Hosting

Mero Hosting

५ मंसिर, कञ्चनपुर । कञ्चनपुरमा व्यापारीलाई धम्क्याएर रकम फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महेन्द्रनगरमा व्यापारीलाई धाकधम्की दिएर ५ लाख रुपैयाँ फिरौती मागेको आरोपमा बैतडीको दोगडाकेदार गाउँपालिका घर भई हाल महेन्द्रनगर बस्दै आएका ४७ वर्षीय चन्द्रदेव जोशी र दार्चुलाको लेकम गाउँपालिका घर भई भीमदत्त नगरपालिका- ३ बस्ने २६ वर्षीय नरेश साउदलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

एक पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फिरौती माग्ने दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

कञ्चनपुर प्रहरी अनुसार उनीहरूको साथबाट खुकुरी, चक्कु, विभिन्न कम्पनीको सिमकार्ड, मोबाइल सेट लगायतका सामग्री बरामद गरिएको छ ।

प्रहरी उपरीक्षक कमल थापाले जानकारी गराउदै उनीहरुले विभिन्न व्यापारीको सूची तयार गरेर डर धम्की दिएर फिरौती रकम माग गर्ने गरेको पाइएको बताए ।

उनले भने, ‘व्यापारीले रु तीन लाख दिने तयारीगरेसँगै हामीले अभियुक्तद्वयलाई नियन्त्रणमा लिएका हौं ।’

मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद २१ को दफा दुई सय ५३ बमोजिम आवश्यक कारबाहीका लागि मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार