मनाङ एअरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन

Picture of Mero Hosting

Mero Hosting

२६ असार, काठमाडौँ । सरकारले आज भएको मनाङ एअरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।

मङ्गलवार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा समिति गठन गरेको हो ।

बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरू प्रति श्रद्धाञ्जली अर्पण गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले बताइन ।

मङ्गलवार बिहान मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा एक नेपाली पाइलट सहित पाँच मेक्सिकोका नागरिकको ज्यान गएको छ ।

यो पनि पढ्नुहोस :

मनाङ एयरको हेलिकप्टरमा सवार ६ जनाकै शव फेला

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार