मधेस बलिदानी दिवसको अवसरमा स्वराजीहरुद्वारा श्रद्धाञ्जली अर्पण

Picture of Mero Hosting

Mero Hosting

५ माघ, बाँके । मधेस बलिदानी दिवसको अवसरमा राष्ट्रिय स्वराजीका अभियानताहरुले बाँकेको नेपालगञ्जमा श्रद्धाञ्जली अर्पण गरेका छन ।

मधेस बलिदानी दिवसको अवसरमा बुधबार नेपालगञ्जमा श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न गरिएको छ । नेपालगञ्जबाट नेतृत्व गरिरहेका स्वराजीहरुले मैनबत्ती जलाएर सम्पूणर् ज्ञात तथा अज्ञात सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन ।

सो कार्यक्रममा स्वराजी नेता ईरफान अहमद शेष, रियाज अहमद शेष, सफिक जसगढ, जाबिर हल्वाई, ताहिर राई, सोनु मिश्रा, नसिम सलमानी, नौसाद अन्सारी, आयुब शाह, भगत कश्यप लगायतका नेताहरुको उपस्थितिमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार