भोटे कोशीमा पानीको बहाव बढ्दा थामे गाउँमा क्षती

Picture of Mero Hosting

Mero Hosting

३२ साउन, सोलुखुम्बु । भोटे कोशीमा पानीको बहाव बढ्दा थामे गाउँमा क्षती भएको छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे स्थितमा रहेको भोटे कोशीमा पानीको बहाव अचानक बढेको हो ।

आज दिउँसो २ बजे भोटे कोशीमा पानीको बहाव बढेर थामे एरियामा रहेको ३ वटा घर बगाउनुको साथै एउटा होस्टेल, ४/५ वटा घर जोखिममा रहेको छ भने तत्काल मानविय क्षति नभएको बुझिन आएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक एवं प्रवक्ता भीम बहादुर दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार