भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

Picture of Mero Hosting

Mero Hosting

२६ पुष, रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन लागेको छ ।

पुस २७ देखि २९ गते सम्म हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सर्वाङिण विकासलाई लक्षित गरेर नगरमा भएका उत्कृष्ट खेलाडीलाई पहिचान गरी जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितामा समेत समावेश गराउने वातावरण निर्माण गर्ने सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाले बताए ।

प्रतियोगिताको कुल खर्च ६ लाख रहेको बुझिएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित श्री पक्लिहवा माध्यमिक विद्यालय, पक्लिहवा कृषी क्याम्पस र सिद्धार्थनगर नगरपालिका वडा नं ५ स्थित भैरहवा नमुना उच्च माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिता अन्तरगत तेक्वान्दो, एथलेटिक्स, कबड्डी, भलिबल खेल हुने छ ।

प्रतियोगितामा कुल २७ विद्यालयका ६५० छात्र र ६३९ छात्रा गरी कुल १ हजार दुईसय ८९ विद्यार्थीहरूको सहभागिता रहनेछ ।

सवै ईभेन्ट तर्फ प्रथम, द्धतिय र तृतियलाई मेडल तथा प्रमाणपत्र दिईनेछ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार