भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह

Picture of Mero Hosting

Mero Hosting

२३ पुष, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले भने, ‘हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन्। सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।’

आज बिहान ६ः५० बजेको समयमा नेपाल र चीनको सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ । काठमाडौँ उपत्यका सहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार ७ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पविद् अधिकारीका अनुसार भूकम्पको केन्द्रबिन्दु नेपाल–चीन सीमाना नजिक दिङ्गे काउन्टी हो । भूकम्पको धक्का लामो समय महसुस भए पनि अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार