भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई प्रधान सेनापतिको दर्ज्यानी

Picture of Mero Hosting

Mero Hosting

६ मंसिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ प्रधान सेनापतिको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरेका छन् ।

प्रधान सेनापति महारथी अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच उक्त दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल-भारत बीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार