भारतका उद्योगपति रतन टाटाको निधन

Picture of Mero Hosting

Mero Hosting

२४ असोज, नयाँ दिल्ली । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । गए राति मुम्बईस्थित एक अस्पतालमा उनको निधन भएको हो ।

टाटा सन्सका अध्यक्ष एन। चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका छन ।

उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए ।

२८ डिसेम्बर सन १९३७ मा जन्मिएका टाटाको ९ अक्टोबर २०२४ मा निधन भएको हो । भारत सरकारले उनलाई पद्म विभूषणले सम्मान गरेको थियो ।

टाटाको पार्थिव शरीरलाई बिहीबार बिहान १० बजेदेखि ४ बजेसम्म दक्षिण मुम्बईको नेशनल सेन्टर फर पर्फर्मिङ आट्र्सको हलमा राखिने बुझिएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार