बाढीपहिरोमा अहिले सम्म २४४ जनाको मृत्यु, १९ जना बेपत्ता

Picture of Mero Hosting

Mero Hosting

२० असोज, काठमाडौँ । गत असोज ११ र १२ गते परेको भारी वर्षासँगै आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय ४४ पुगेको भने १९ जना बेपत्ता भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार विपद घटनामा १ सय ७९ जना घाइते भएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरामा परेर सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार