बाँसगढी नगरपालिका अन्तर मावि वक्तृत्वकला: रबिन्द्र बि.सि. प्रथम

Picture of Mero Hosting

Mero Hosting

१ भदौ, बाँके । लायन्स क्लब अफ नेपालगञ्ज युथको आयोजनामा बर्दियाको बाँसगढीमा दोस्रो कार्यक्रम सम्पन्न गरिएको छ ।

बाँसगढी नगरपालिका अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता नेरा माध्यमिक विद्यालय बाँसगढीको अडिटोरियम हलमा सम्पन्न गरिएको सिनियर लायन विवेक कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार लायन्स क्लब अफ नेपालगञ्ज युथका प्रेसिडेन्ट ला. शिवाशिष गुप्ताको सभापतित्वमा भएको वक्तृत्वकला प्रतियोगिताको प्रमुख अतिथि ला. ज्ञानेन्द्र श्रेष्ठ र विशिष्ट अतिथि बाँसगढी नगरपालिका शिक्षा शाखा प्रमुख ला. मन प्रसाद रेग्मी रहेका थिए ।

उक्त प्रतियोगितामा बाँसगढी नगरपािलकाका जम्मा १४ वटा विद्यालयले सहभागिता जनाएका श्रेष्ठले बताए ।

प्रतियोगिताको लागि प्रत्येक विद्यालयबाट एक जना छात्र र एक जना छात्रा गरि दुईजना प्रतिस्पर्धी माग गरिएको थियो जसमा १० जना छात्र र १४ जना छात्रा गरि जम्मा २४ जना प्रतिस्पर्धीहरुले भाग लिएका थिए ।

प्रतियोगितामा नेरा माध्यमिक विद्यालय लक्ष्मणपुरका छात्र रबिन्द्र बि.सि. प्रथम, त्रिभुवन माध्यमिक विद्यालय ककौराका छात्र संकल्प तिमिल्सिना द्वितीय, नेरा माध्यमिक विद्यालय लक्ष्मणपुरकी छात्रा एन्जेल तिवारी तृतीय स्थान तथा बाँसगढी एकेडेमीकी आरजू गुरुङले सान्त्वना एवं आयोजक च्वाईसको पुरस्कार जित्न सफल भएका थिए ।

प्रतियोगिताको निणर्ायक मण्डलमा बर्दिया बहुमुखी क्याम्पसका पूर्व क्याम्पस चिफ टुकनाथ भुसालको संयोजकत्वमा शिक्षा अधिकृत छत्र बहादुर शाही र समाबेसी माध्यमिक विद्यालय तिलकपुर बाँकेकी शिक्षक शारदा के.सि. रहेको सिनियर लायन श्रेष्ठले जानकारी गराए ।

विजयी भएका विद्यार्थीहरुलाई प्रमाणपत्र, मेडल, ट्रफी र स्मार्ट वाच सहितको पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार